आज बिजया दशमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ कार्तिक १०

बिजया दशमी, दशैंको टिका ,देवी विसर्जन 

दशैं वा बडा दशैं (अन्य नाम: दशहराविजया दशमी नवरात्र आयुध-पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्रीब्रह्मचारिणीचन्द्रघन्टाकुष्माण्डास्कन्दमाताकात्यायनीकालरात्रीमहागौरीसिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमी को दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

विजया दशमी

नवरात्रिको दशौ दिनलाई विजया दशमी पनि भनिन्छ | यस तिथि निर्धारण देहाय आधारमा हुन्छ ।

श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः।।

(आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दसमीलाई विजयादसमी भन्ने बुझ्नुपर्छ।)

सा नवमीविद्धा कर्तव्या नत्वैकादशीयुक्ता।।

(दसमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दसमी मान्य हुन्छ, एकादसीसहितको दसमी मान्य हुँदैन।)

मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम्।। विजयाख्योऽष्टमः।। (मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौँ मुहूर्त मानेका छन्।)

किञ्चित्सन्ध्यामतिक्रम्य किञ्चिदुत्पन्नतारकाः।। विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः।।

(कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन्। तर विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ।)

उक्त लिखित प्रमाणका आधारमा विजयादसमीको साइत निर्धारण गर्न न्यूनतम आधारका रूपमा श्रवण नक्षत्र र विजय मुहूर्त (मध्याह्नको समय) लाई लिनुपर्ने हुन्छ।