सडक किनारमा खाना पर्खिनु परेको यो दसैं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : अघिल्ला दसैंसम्म आफ्नै परिवारबीच गाउँमै बसेर दसैं मनाउने ज्यामी मजदुरहरु यो वर्ष सडक किनारामा साँझ बिहानको खाना पर्खिन बाध्य भएका छन् ।
जमलका ज्यामी काम गर्दै आएका ज्ञानु श्रेष्ठ लकडाउन देखि काम नभएकोले कोठा भाडा तीर्न र खान पनि अप्ठयारोमा हुुनुहुुुन्क

ज्ञानु श्रेष्ठ

पहिले आफू एक्लैले नै ज्यामी काम गरेर परिवार पाल्थेँ । “अहिले एकातिर श्रीमानको स्वस्थ्य ठीक छैन अर्को तिर दुई छोरासहित परिवारको खर्च धान्न र कोठाको भाडा पनि तिर्न कोरोनाको महामारीले दिएन”, उहाँले भन्नुभयो । अहिले बिहान खानाको लागि पुरानो वसपार्कमा दनौहु आउने गरेको र कहिले काहि बसन्तपुरमा तरकारी किन्नको लागि माग्न समेत बसेको उहाँले बताउनुभयो ।
यस्तो दुखत समय कहिले पनि आएको थिएन्, बाटोमा बसेर खानु र माग्नु परेको छ । कामकाज नभएकाले घरबेटीले दिनहु कोठा भाडा माग्न आउने तर काम गरेर तीछु भन्दै टार्दै गरेको उहाँले बताउनुभयो । “एक छाक खान पनि गाह्रो भएको बेला कसरी कोठा भाडा तीर्ने? भइरहेको छ, झन् यस पाली त दसैं पनि के हो के हो जस्तो लागेको छ, पहिले त दसैंमा काम थियो र श्रीमान्लाई कपडा र बच्चाहरुलाई पनि नयाँ कपडा किन्दिन्थे, मिठो खानेकुरा खाथ्यो । अहिले यो कोरोनाले काम नभएर ज्यादै गाह्रो भएको छ । अरुको घरमा सरसफाइको कामको लागि सोद्धा पनि कोरोनाको डरले काम पनि नपाएको” उहाँले बताउनुभयो ।
“यो रोग पनि के हो ? मलाई थाहा छैन् । झन् दसैंमा एक छाक तरकारी किनेर खाम भने नि पैसा छैन् ।” दसैंको बेलामा कसैले तरकारी किनेर खान पैसा दिए पनि म आफनै कोठामा बनाएर खान्थे । बाध्यता नपरेको भए । यसरी बाटोमा आएर खान त कहाँ मन लाग्छ र ? आपत परेको छ,” उहाँले बताउनुभयो ।

असनका अमित खड्का बिहान बेलुकी एक छाक खाना पुरानो बसपार्कमा आउने गछर्न् । लकडाउनअघि सम्म मजदुरी गर्दै आउनुभएका उहाँ अहिले कामकाज नभएकाले दैनिक खाना खान वसपार्कमा आउछन् । “हरेक वर्ष दसैँमा आफनो परिवारसगँ मनाउने म अहिले यसरी चार्डपर्वका बेला सडकमै बसेर खाना खानु पर्दा कसरी रमाइलो हुनु ?” उहाँले बताउनुभयो ।

अमित खड्का

“आफनो परिवारसगँ बसेर खाना खान्दा दुई गास नै खाए पनि थाल भरि नै खाएको जस्तो हुन्छ तर अहिले यता थाल भरि नै खाए पनि दुई गास मात्र खाएको जस्तो हुन्छ । धेरै नै फरक छ, आकाश र पातलको नै फरक छ, त्यही पनि सन्तुष्टी मानेर खुसी नै भइरहेको छु । म मात्र होइन अरु धेरै ले पनि यसरी खाइ रहेको छ । त्यो देखेर नि चित्त बुझाइ रहेको छु” उहाँले बताउनुभयो ।
खोटाङ्गका बासिन्दा हाल डल्लु बस्र्दै आएका काइला तामाङ्ग पेसाले टे«किङ्ग गाइड हुन् तर लकडाउन सुरु भए देखि काम नभएको कारण खाना खानु अप्ठ्यारो भएकाले यसरी सडकमा खाना आउन बाध्य भएका छन् । डल्लु देखि बिहान र बेलुकी खाना खानु पुरानो बसपार्क आउने गरेका उहाँले बताउनुभयो । “दसैंमा गाउँ जान पाएन गाउँ टाढा छ, कामकाज नि छैन् कसरी जाने टिकेट नै महँगो पर्छ झन् कोरोनाले यस पालीको दसैं यसरी नै सडक मै खाना खाएर जान्छ जस्तो छ” उहाँले बताउनुभयो ।
डल्लुका मजदुर ज्ञाम.न बहादुर ज्यामि को  काम पनि बन्द भएको छ । बिहान बेलुकी आफू पनि अरु जस्तै बसपार्क खाना खानुको लागि आउने गरेको उहाँले बताउनुभयो । आफू मात्र नभई श्रिमती र बच्चा पनि ल्याउने गरेको उहाँले बताउनुभयो । “कोरोना कारण काम पनि छैन्, काम पनि पाउदैन्, कमाइ पनि नभएर घर पनि जान सकेन, दसैंमा पनि यसरी सडकमा बसेर खाना खानु परेको छ,” उहाँले बताउनुभयो ।
कैलालीका देव ओली हाल जमलमा बस्दै आएका र ज्यामी काम गर्दै गरेको अहिले कामकाज नभएको उहाँले बताउनुभयो । काम पनि दसैं देखि बाह्र दिन सम्म भयो लकडाउन पछि फेरि बन्द भएको छ । परिवार सबै गाउँमै छन् र आफू भने लकडाउन अघि काठमाडौं कामकाजका लागि आएका तर अहिले आफनै पेट पाल्न गाह्रो भएको अवस्था आएको छ ।

देव ओली

दसैंमा सधै परिवारसगँ मनाउने गर्थे तर अहिले यसरी शडकमा बसेर खाना खानु परेको छ । कहिले काही त भोकै पनि बस्नु परेको छ । चाडपर्वको बेला पनि आफू एक्लै काठमाडौंमा बस्नु परेको छ । आफू सँग गाउँ जान पनि पैसा नभएको, यस्तो अवस्थामा पनि कसरी गाउँ जाने र कोरोनाले गर्दा दसैंमा पनि कसरी गाउँ जाने र कोरोनाले गर्दा दसैंमा पनि एकलो महसुस गरेको उहाँले बताउनुभयो ।
यस्तै अर्का व्यक्ति चागल, डल्लुका शारदा चापागाई पहिले ज्यामी काम गर्दैै अहिले कोरोनाको महामारीले कामकाज नभएर घरमा बसेका छन् ।

शारदा चापागाईं

केहि दिन अघि मात्र पुरानो बसपार्कमा निःशुल्क बिहान बेलुकी खाना वितरण गर्ने बारे थाहा पाएपछि अहिले नियमित बिहान बेलुकी खाना खानु आउने गरेको उहाँले बताउनुभयो । परिवारमा कोहि सदस्य नभएको र आफू दमको रोगी भएकाले आफूलाई गाह्रो पर्दा हेरचाह गर्न कोही नभएकोले यसरी शडकमा खाना खानु आउनु परेको छ । परिवारमा कोही नभएकोले दसैं पनि दसैं जस्तो छैन् साथै कोरोनाको महामारीले झन् जीवन गुजारा गर्न अप्ठ्यारो परेको उहाँले बताउनुभयो ।