आज महानवमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ कार्तिक ०९ आइतबार 

 

 

आज महानवमी  अर्थात् आश्विनशुक्ल महानपमीका नवरात्र पूजा हुने पीठनायिका देबी भगबतीको नाम ‘सिद्धिदात्री’ ।

आज पूजा गरिने देवी माता कुमारीको नाम ‘सुभद्रा’ ।              मन्त्रः
सुन्दरी स्वर्ण वर्णाभाम् सुख सौभाग्यदायिनीम् ।
सुभद्रजननीं देवीं सुभद्रां पूजयाम्यहम् ।।”

सिद्धिदात्री सम्पूर्ण सिद्दी प्रदान गर्ने देवी हुन्। यी देवीको पूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता छ। भगवान शिवले पानी यिनै देवीको कृपाले आठ सिद्दी प्राप्त गरेको मान्यता छ। सिद्धिदात्रीको कृपाले शिवजी ले अर्धनारेश्वर (आधा शरीर देवीको) रुप धारण गरेको मानिन्छ।

  • आवरण: दाहिने तर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देब्रे तर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल।
  • मन्त्र: ‘ॐ देवी सिद्धिदात्यै नम:।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।’
  • पुजा: नवरात्रीको नवौँ दिन।
  • आसन: कमलको फूल।