कार्तिक ०८ गते (शनिबार ):
दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ मा सामान्य बदली तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम विश्लेषण :
उल्लेखनीय मौसमी प्रणाली छैन।
हालको मौसमको अवस्था :
हाल प्रदेश न १ र देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
तापक्रम;
बढीमा : ३४ डिग्री(भैरहवा )
घटीमा ४ डिग्री(जुम्ला)
सूर्योदय : ०६:०० बजे
सुर्यास्त: ०६:०० बजे
प्रतिक्रिया