१ लाखले कोरोना जिते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमान्डौ। कार्तिक ०६ । नेपालमा कोरोनाको संक्रमण एकैदिनमा ३ हजार ६ सय ३७ जनामा पोजेटिभ देखिएको छ ।

गत २४ घण्टामा १५ हजार २ सय ५५ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय १५ रहेको छ । निको हुने दर ६९.२ प्रतिशत रहेको छ।

यो सङ्गै नेपालमा अहिलेसम्म 1 लाख २ हजार ८ सय २० जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।

हालसम्म २ सय ९० जना आइसियुमा छन र ती मध्ये ७७ जना भेन्टिलेटरमा छन ।

गत २४ घण्टामा २१ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ सय ९१ पुगेको छ ।