शुभप्रभात !! नमो नमः
आज २०७७ कार्तिक ०६
षष्ठी
कात्यायनी भगवतीको भक्ति गर्नाले साधकलाई सरल तरिकाले अर्थ, धर्म, काम तथा मोक्ष प्राप्त हुने तथा यसै लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वास गरिन्छ।
- मन्त्र: ‘ॐ देवी कात्यायनायै नम:।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।’
- पुजा: नवरात्रीको छैठौं दिन।
- व्युत्पत्ति: विश्वप्रसिद्ध महर्षि कात्यायनले पुत्री प्राप्तिको लागि भगवती पराम्बाको कठिन तपस्या गरे। उपासना देखि प्रसन्न भएर माता भगवतीले महर्षिको घरमा पुत्रीको रूपमा जन्म लिइन् र कात्यायनीको नामले प्रसिद्ध भइन्।
- आवरण: चम्किलो एवं ज्योतिर्मय स्वरूप, दाहिने तर्फ माथिल्लो हात अभय मुद्रामा, तल्लो हात वर मुद्रामा, देब्रे तर्फ माथिल्लो हातमा तरबार, तल्लो हातमा कमलको फूल ।
- बाहन: सिंह।
प्रतिक्रिया