२० हजारको पिसिआर गर्दा ५ हजार पोजेटिभ

२४ घन्टामा २ हजार ९ सय ९६ डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमान्डौ। कार्तिक ०५ ।  नेपालमा कोरोनाको संक्रमण एकैदिनमा ५ हजार ७ सय ४३ जनामा पोजेटिभ देखिएको छ ।

गत २४ घण्टामा २० हजार १ सय १८ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ४४ हजार ७ सय ७६ रहेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय ९६ रहेको छ । निको हुने दर ६८.७ प्रतिशत रहेको छ।

यो सङ्गै नेपालमा अहिलेसम्म ९९ हजार ६ सय ५ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।

हालसम्म २ सय ६९ जना आइसियुमा छन र ती मध्ये ८७ जना भेन्टिलेटरमा छन ।

गत २४ घण्टामा २६ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ७ सय ९१ पुगेको छ ।