शुभप्रभात !! नमो नमः
आज २०७७ कार्तिक ०५
पंचमी
स्कन्दमाता ; भक्तिभावले स्कन्दमाताको उपासना गर्नाले भक्तको सम्पूर्ण इच्छा पूर्ण हुने, यस मृत्युलोकमा नी परम शान्ति तथा सुख प्राप्त हुने र मोक्षको द्वार खुल्ने विश्वास लिइन्छ। स्कन्दमाताको आराधना गर्नाले बालरूप स्कन्द भगवानको समेत स्वमेव आराधना हुन्छ।
व्युत्पत्ति: भगवान स्कन्दप्रसिद्ध देवासुर संग्राममा देवताको सेनापति थिए। ‘कुमार कार्तिकेय’ पनि भनिने उनको महिमा वर्णन गर्दा पुराणहरूमा कुमार तथा शक्ति आदि भनिएको छ।
यिनै भगवान स्कन्दको आमा भएको कारणले भगवती दुर्गाको यस अवतारलाई स्कन्दमाता भनिएको हो।
आवरण: दाहिने तर्फ माथिल्लो हातले स्कन्दलाई काखमा राखेको, माथि उठेको तल्लो हातमा कमलको फूल, देब्रे तर्फ माथिल्लो हात वर मुद्रामा, माथि उठेको तल्लो हातमा कमलको फूल, कमलको फूलको आसन।
अन्य नाम: पद्मासना देवी।
पुजा: नवरात्रीको पाँचौ दिन।
बाहन: सिंह।
मन्त्र: ‘ॐ देवी स्कन्दमातायै नम:।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं स्कन्दमातायै नम:।
प्रतिक्रिया