थपिए ३ हजार बढी संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमान्डौ। कार्तिक ०४ ।  नेपालमा कोरोनाको संक्रमण एकैदिनमा ३ हजार ९३  जनामा पोजेटिभ देखिएको छ ।

गत २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ८ रहेको छ । निको हुने दर ६९.४ प्रतिशत रहेको छ।

यो सङ्गै नेपालमा अहिलेसम्म ९६ हजार ६ सय ९ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।

हालसम्म २ सय ७३ जना आइसियुमा छन र ती मध्ये ७८ जना भेन्टिलेटरमा छन ।

गत २४ घण्टामा ८ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ७ सय ६५ पुगेको छ ।