भाडा दोब्बरै, भौतिक दूरी गायव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं ः उपत्यकामा कोरोना संक्रमण तिव्र गतिमा बढदै ५० हजार पार हुँदैछ । सक्रीय संक्रमितको संख्या नै २२ हजार नाघेको छ । यस्तो उच्च जोखिमका अवस्थामा पनि भाडाका सवारी साधनले भने मनपरी गर्न छोडेका छैनन् ।
एक सिटमा एक जना यात्रु मात्र राख्ने गरी सञ्चालन गर्न दिइएको सार्वजनिक यातायातका सवारी साधनलाई ५० प्रतिशत थप भाडा उठाउन दिइएको थियो । त्यसअनुसार सबै बसले ाडा बढाएका सार्वजनिक यातायातले अहिले पुरानै तरिकाले यात्रुहरुको सख्ंया पनि सिट भर जतिकै राख्न थालेका छन्।
बौद्ध निवासी लाक्पा शेर्पा लकडाउन खुकुलो भएसँगै चाहेको ठाउँमा जान सकने भए पनि बस र माइक्रोबस चढ्न पनि डर मान्नुपर्ने भएको बताउनुहुन्छ । “हिडेर जान पनि अफ्ठारो बसमा दुई सिटमा एक जना मात्र राख्नुपर्ने भने पनि त्यसरी चलेको भने पाइदैन् । अधिकांश बसहरुमा अहिले भिड हुने गरेको छ यसैले कोरोना सक्रमितको थप वृिद्ध नहोला भन्न सकिन्न ।
अहिले आफूसमेत असुरक्षीत महसुस गर्न थालेको उहाँले बताउनुभयो । मलाई पनि कोभिड–१९ संक्रमण डर बढेको छ। “बच्चाको आमा भएर होला आफू ज्यादै सतर्कहुँदै हिंडी रहेकी छु ”, उहाँले भन्नुभयो ।

“अहिले कामकाजमा कतै जान पनि निकै डर छ, यस्तो बेला बसमा यात्रा गर्न बारे त झन् सोच्नु पर्ने अवस्था आएको छ,” गोकर्णका लालु तामाङले घामछायाँलाई बताउनु भयो । उहाँले आफू पसलमा दौडिरहनु पर्ने भएकोले बढी जोखिममा रहेको समेत बताउनुभयो।
यसका साथै तामाङले महामारीका बेला बढी भाडा तिर्नुपर्दा ठगिएको महशुस हुने पनि बताउनुभयो । “अहिले कोरोना भाइरससगँ मिलेर लडने समयमा हामी आफै नै एक अर्कालाई ठगेर कसरी चल्छ ?
बौद्धका खेन्डो सुब्बा आफू पेसाले रिसेप्शेनिस्ट भएकाले बिहान बेलिकी बस मै आवत–जावत गर्ने गरेको र गाडी भाडा भने बढी तिर्न परेको उहाँले बताउनुभयो । “यस्तो कुरामा सरकार ध्यान जानु पर्यो, यसरी भाडा बडी लिने लाई कारबाही गर्नु पर्यो । अहिलेको अवस्थामा यसरी हामी आम जनतालाई अफठारौ परेको छ ।”
साथै उहाँले बसका यात्रुहरुले पनि निकै खेलाँची गर्ने गरेको बताउनुभयो । “ बसभित्र छिर्दासम्म मास्क लगाउछन्, त्यसपछि मास्क निकालेर बस्छन् । यस कुरामा सरकार, बस चालक, बस सह–चालक र यात्रुहरुको ध्यान पुगेको छैन्” ।
बौद्धकै अर्की यात्रु बिजीशा पोखरेल आफ्नो कार्यालयमा आवत–जावत गर्ने बस चढनुहुन्छ । यस क्रममा बसअनुसार भाडा मूल्य फरक हुने गरेको साथै दुई ओटै सिटमा ग्राहकहरु राख्ने गरेको उहाँले बताउनुभयो । “दिनमा चार पटक सम्म बसमा आवत–जावत गर्दा भाडा पनि बढि तिर्नु पर्ने अनि फेरि बसमा सिटमा ग्राहक राख्ने कुरामा लापरबाही छ यसरी कतिसम्म चल्ने?, एकातिर कोरोनाको आर्काे तिर भाडा महँगीको चिन्ता, काठमाडौं बाच्न अफठारो छ उहाँले बताए । पहिले बस चठ्ने बितिकै पन्ध्र रुपयाँ भाडा पथियो तर अहिले पच्चिस तिर्नु परेको उहाँले बताउनुभयो ।