काठमान्डौ। कार्तिक ०३। नेपालमा कोरोनाको संक्रमण एकैदिनमा ३ हजार ७ सय ९० जनामा पोजेटिभ देखिएको छ ।
गत २४ घण्टामा १५ हजार ७ सय १४ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३५ रहेको छ । निको हुने दर ६९.५ प्रतिशत रहेको छ।
यो सङ्गै नेपालमा अहिलेसम्म ९४ हजार ५ सय १ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
हालसम्म २ सय ८२ जना आइसियुमा छन र ती मध्ये ६३ जना भेन्टिलेटरमा छन ।
गत २४ घण्टामा १८ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ७ सय ५७ पुगेको छ ।
प्रतिक्रिया