काठमान्डौ । एक पटक पोहोरको दसैं सम्झौ । गोङ्गबु बसपार्कमा टिकट किन्नेको थामी नसक्ने भिड । त्यहीँ बाट छुटेको बस पनि थानकोट नपुगेसम्म समात्नेको तछाड मछाड ।
बसको टिकट भेटाउनु र टिकट पाएर पनि बस्ने सिट पाउनु ठुलै बहादुरी र मुढामा बसेर वा झुन्डिएर घर पुग्न पाउने ठुलो भाग्यमानी । टिकटका लागि सोर्स्फोर्स र बढी तिर्न समेत तयार । यो दृश्यले यसपटक पल्टा खाएको छ ! अहिले भने बसले यात्रुलाई लाइन लागेर कुरिरहेको जस्तो देखिन्छ । यसैलाई दृश्यमा हेरौं ।
प्रतिक्रिया