शुभप्रभात !! नमो नमः
आज २०७७ कार्तिक ०३
तृतीया
तदनुसार अक्टोबर १९,सोमबार
आज नवरात्री पुजाको तेस्रो दिन
चन्द्रघण्टा
आज अर्थात् आश्विनशुक्ल तृतीयाका दिन नवरात्र पूजा हुने पीठनायिका देवी भगवतीको नाम ‘चन्द्रघण्टा’ ।
आज पूजा गरिने देवि माता कुमारीको नाम ‘कल्याणी’ ।
देवी कुमारीको मन्त्र “कलात्मिकां कलातीतां कारुण्यहृदयां शिवाम्। कल्याण जननीं देवीं कल्याणी पूजयाम्यहम् ।।”
महिमा : चन्द्रघण्टा भगवतीको कृपा प्राप्त भएमा साधकको कष्ट निवारण हुने, साधक सिंह जस्तै पराक्रमी तथा निर्भय हुने, तथा घण्टीको ध्वनिले साधकलाई प्रेतवाधाबाट रक्षा हुने पौराणिक मान्यता छ।
- व्युत्पत्ति: चन्द्रघण्टा शव्द चन्द्र र घण्टा मिलेर बनेको छ। मस्तकमा घण्टीको जस्तै आकारको अर्धचन्द्र भएको कारणले नवदुर्गाको तेश्रो अवतारलाई चन्द्रघण्टा भनिएको हो।
- आवरण: निधारमा अर्धचन्द्राकार चन्द्र, स्वर्ण समान चम्किलो शरीर, दश हात भएकी, युद्धको लागि सदैव तयार रहने, सौम्य तथा शान्तिदायक ।
- मन्त्र: ‘ॐ देवी चन्द्रघण्टायै नम:।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।’
- पुजा: नवरात्रीको तेश्रो दिन।
- शासित ग्रह: शुक्र।
- वाहन: सिंह।
प्रतिक्रिया