पर्यटनका गाइड : बाटो बदल्ने सुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा व्याप्त बेरोजगारीबाट पीडित पदयात्रा तथा पर्वतारोहण मार्गदर्शकहरु पेशा परिवर्तन गर्न थालेका छन् ।
लामो समय समयसम्म तलब विहिन । त्यसका कारण आर्थिक समस्या र पछि मानसिक तनाव । विगत ६ महिनासम्म यस्तो अवस्था भोग्नु परेपछि उनीहरु यो निश्कर्षमा पुगेका हुन् ।

सिन्धुपाल्चोकका पर्वतारोहण गाइड दावा सिंघी हयाल्मोले घामछायाँका संवाददातासगँ अन्तर्वातामा भन्नुभयो, “उसै त हाम्रो पेशा मौसमी हो त्यसमाथि ६ महिनासम्म रोकिँदा पेशा बदल्नुको विकल्प रहेन”।
आफू लकडाउनको समयमा घरमै रहेको पछि र संक्रमणबाट बच्न आवश्यक सुरक्षा उपाय अपनाएर आफनो पेसालाई जारी राख्न साइकल, रकक्लाइम्बिङ, पर्वतारोहण जस्ता गतिविधि तथा आफ्नै अध्ययनबाट काम पहिल्याउने सुरु गरेको पनि उहाँले बताउनुभयो । तै पनि काम खासै प्रगति भएन, उहाँको भनाई छ । उहाँ जस्ता धेरै पर्यटन क्षेत्रमा लागेका कर्मचारी र कामदारहरु उनीहरुको पेसा बदलेर अन्यत्र जाने सोचमा छन् । “सरकारले पनि यसतर्फ ध्यान केन्द्रित गर्न जरुरी छ, हाम्रो टे्रकिंग र पर्वतारोहण एक मौसमी पेशा हो त्यसमाथि कोरोना महामारीका कारण धेरै नेपाली गाइटहरुले आफनो जागिर गुमाइसकेका छन् । “हामी कसैलाई थाहा छैन् कि यो महामारीको अन्त्य कहिले हुन्छ?
पुरानो ग्राहकहरु र विदेशी मित्रहरुसगँ सामाजिक सञ्जालको माध्यमबाट कनेक्ट हुर्दै गरेको र सबै माउन्टन सीपहरुलाई संशोधन गरी नयाँ अपगे्रड गरिएको ट्रेकिंगहरु सिक्दै पनि गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँ आजकाल पुस्तक, उपन्यासहरु र लेख पढ्दै अर्थव्यवस्था, पर्यटन अर्थव्यवस्था र व्यापार सम्बन्धित पढदै हुनहुन्छ । साथै लकडाउनदेखि आजसम्म व्यक्तिगत खर्च आफनै बचतबाटै चलाइ रहेको जानकारी उहाँले भन्नुभयो ।
“हामी पर्यटनकर्मीहरुले सरकारबाट राहतको आशा गरेका थियौं तर अझै कुनै जवाफ आएको छैन । बरु केही एजेन्सीहरुले यस महामारी संकटमा आफनो कर्मचारीहरुलाई केहि आर्थिक सहयोग दिदैछन्”, उहाँले भन्नुभयो । साथै उहाँले आफू भरिया र साना कर्मचारीहरुका बारेमा चिन्तित र कोष जुटाए र वितरण गर्ने बारे योजना बनाउँदै गरेको पनि उहाँले बताउनुभयो ।


फेब्रुअरीको पहिलो हप्तासम्म पर्यटन गतिविधिहरु राम्रोसगँ चलिरहेका थिए । सरकारले मार्चमा लकडाउनको घोषणा गरे सँगै धेरै पहाडी अभियान, टुरहरु र अन्य पर्यटन गतिविधिहरु रद्द भए । नेपाल सरकार मात्र नभई हरेक पर्यटन क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा उद्यमीहरुले पनि भ्रमण वर्ष २०२० का लागि पर्यटन क्षेत्रामा लगानी गरेका थिए । तर महामारी सुरु भएपछि प्रायः सबैले रोजगारी गुमाए जुन तत्काल पाइने अवस्था छैन ।

कोरोनाको माहामारी र लकडाउनका पर्यटन क्षेत्रमा परेको असरले बेरोजगार बनेका अर्का ट्रेकिंग गाइड हुनुहुन्छ, सोलुखुम्बुका गाईड छोप्तेन शेर्पा टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले पनि हाम्रो माग पुरा गरेको छैन् ।
टानसगँ पैसा भएर पनि हामी जस्ता मजदुरको हितमा त्यसको उपयोग भएन् , उहाँको भनाई छ । महामारीमा दुःख पाएका सबैले पेशा छोडे भने नेपालमा पर्यटकहरु त आउलान् तर तिनीहरुलाई घुमाउन गाइड हुँदैन, उहाँले भन्नुभयो ।

यसैगरि अर्का गाईड तथा अल राउन्डरका रुपमा कार्यरत्त एक्सप्लोर डोल्पो टे्रक्स एण्ड एकसपेन्डिशन प्रा.लि का कमाचारी पासाङ डोण्ढूल गुरुङका अनुसार आफू विगत् तीन वर्ष देखि कार्य आउनुभएको साथै एक ट्रेकिंग गाईट पनि रहनु भएका जानकारी दिनुभयो । गत वर्ष आफु ट्रेकिंगमै व्यस्त थिए तर लकडाउन भएको एक घरमै बसे साथै गाउँका धेरै जस्ता व्यक्तिहरु काठमाठडौं थिए गाउँ जान्न् नपाएर यतै बेहाल अवस्थामा थिए । त्यस पछि हाम्रो अफिसको प्रमुख जितेन्द्र झाक्री ट्रेकिंगमा थप्प भए त पनि समाज सेवा तफा लागेनु भयो । उहाँ लगायत अरु दाइहरुले प्रमुख जिल्ला अधिकारी र गृयाबाट पास लिएर धेरै व्यक्तिहरुलाई हवाइ उडान मार्फत गाउँ पठाउने कुरा भएसि त्यस पछि त्यहि काम मा नियन्तर गरीरा छन् अहिले सम्म र म नि त्यही काममा यतउती गरि रहेको छु । खासै लकडाउनमा आफू खाली नभएको उहाँले बताउनुभयो ।
“मेरो काम निरन्तर भएकोले त्यही तलबबाट नै अहिले काम चलाइरहेको छु । आफूलाई चाहिले सामागिहरु लकडाउन अघि नै सब किनेको भएकाले र म दाइसगँ बस्छु त्यसैले मलाई अफठारो चाँहि नभएको” उहाँले बताए । पर्यटन क्षेत्रामा लागेका गाइटहरु अहिले बेरोजगार भइ बसेका छन् टानले यस विषयमा ध्यान दिइ रोजगार दिनु पर्ने हो । अहिले सिजनको बेला अधिकानशा ट्रेकिंग गाईटहरु अरु पैसा तफा लागना बाध्या भएका पनि उहाँले बताउनुभयो साथै कोरोनाका कारण पहिले जस्तो र्यटनका सबै क्षेत्रहरु हरु अहिले अपठ्यारो अवस्थामा परेका छन् ।
म विगत् तीन वर्षदेखि सो क्षेत्रमा कार्यरत छु । पहिले राम्रो चल्ने गरेको यो क्षेत्रमा अहिले खासै केहि उपलब्धी नभएको उहाँले बताउनुभयो ।