२९ सय बढी थपिदा २३ बढी निको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कार्तिक ०२ ।
नेपालमा कोरोनाको संक्रमण एकैदिनमा २ हजार ९ सय ४२ जनामा पोजेटिभ देखिएको छ ।
गत २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय २६ सय रहेको छ । निको हुने दर ६९.७ प्रतिशत रहेको छ।

यो सङ्गै नेपालमा अहिलेसम्म ९२ हजार १ सय ६६ जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
हालसम्म ३०१ जना आइसियुमा छन र ती मध्ये ६६ जना भेन्टिलेटरमा छन । गत २४ घण्टामा १२ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ७ सय ३९ पुगेको छ ।