कार्तिक ०२ गते (आईतबार):
दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम विश्लेषण :-
उल्लेखनीय मौसमी प्रणाली छैन।
हालको मौसमको अवस्था :-
हाल प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा आंशिक रहको छ।
तापक्रम:-
बढीमा : ३५ डिग्री(भैरहवा )
घटीमा ५.१ डिग्री(जुम्ला)
सूर्योदय : ०६:००बजे
सुर्यास्त: ०६:०० बजे
प्रतिक्रिया