काठमाडौं । कार्तिक ०१। नेपालमा कोरोनाको संक्रमण एकैदिनमा
३ हजार १ सय ६७ जनामा पोजेटिभ देखिएको छ ।
गत २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय रहेको छ । निको हुने दर ६९.४ प्रतिशत रहेको छ।
यो सङ्गै नेपालमा अहिलेसम्म ८९ हजार ८ सय ४० जना संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
हालसम्म २ सय ९० जना आइसियुमा छन र ती मध्ये ६६ जना भेन्टिलेटरमा छन । गत २४ घण्टामा १२ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ७ सय २७ पुगेको छ ।
Share this:
प्रतिक्रिया