
०१ कार्तिक, काठमाडौँ। पर्सा प्रहरीले २२ किलो ५७६ ग्राम सुन फेला परेको छ। गोप्य सूचनाको आधारमा प्रहरीले छापा मर्दा उक्त परिमाणको सुन फेला परको प्रहरी नायब उपरीक्षक मनोजित कुवंरले घामछायाँ फोन सम्पर्कमा बताउनु भयो।
पर्सा प्रहरी उपरीक्षक गङ्गा पन्तको कमाण्डमा खटेको प्रहरी टोलीले सुन सहित ६८१ ग्राम अन्य किसिमको गरगहना पनि फेला परेको छ।
” विरगंज म.न.पा.वडा नं.५ रेशमकोटी स्थितमा श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं.फ्लैटमा निम्न परिमाणको सुन तथा चाँदी लुकाइ छिपाई राखिएको छ भने सुचना पाएर करिब साढे १ बजेको समयमा जादा अपार्टमेन्ट खालि रहेको थियो ” ,कुवंरले बताउनु भयो।
” स्थानीय जनाप्रतिनिती तथा स्थानीय वासिन्दाहरुको रोहबरमा ताला फुटाएर ति धातुहरु नियन्त्रणमा लिएका हौ ” , उहाँले थप्नु भयो।
” सुन जस्तो देखिने धातु बिस्कुट १ के.जी.को दरले १३ वटा १३ के.जी.
• सुन जस्तो देखिने बिस्कुट मझौला ५ टिएइएलएस ९९९९ सुन ४६ पिस- ८ के.जी.५७६ ग्राम
• सुन जस्तो देखिने बिस्कुट सानो १०० ग्रामको दरले १० पिस १ के.जी.
• सुन जस्तो देखिने बिस्कुट जम्मा २२ के.जी.५७६ ग्राम
• सुनको जस्तो देखिने धातुको बिभिन्न गर-गहानाहरु जम्मा ६८१ ग्राम
• चाँदीको जस्तो देखिने गर-गहाना तथा थाल लगायत भाडा कुडा २ के.जी.२६२ ग्राम” रहेको उहाँले बताउनु भयो।
” नियनत्रणमा आएको धातु परिक्षण कार्य अब सुरु गरिने ” उहाँले बताउनु भयो। ” सुनचाँदी व्यवसायी तथा धातु विज्ञहरुको टोलि आइसकेको ” कुवंरले जानकारी दिनु भयो।
प्रतिक्रिया