आजको दिन;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ असोज ३० गते

औशीं

तदनुसार अक्टोबर १६,शुक्रबार

अधिकमास समाप्त

विश्व खाध दिवस

विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६मा मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा यो दिवस मनाइन्छ। उक्त सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाइने गरेको हो। संघको सन् १९४५ अक्टोबर १६मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको बीसौँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरूप सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ।

नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको हो। नेपालले २०३८ साल (सन् १९८१) देखि यो दिवस मनाउँदै आएको छ। नेपालले मनाएको पहिलो खाद्य दिवसको नारा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ थियो।