काठमाडौं । असोज २९ । नेपालमा कोरोनाको संक्रमण एकैदिनमा
३ हजार ७ सय ४९ जना पोजेटिभ देखिएको छ ।
गत २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ६४ रहेको छ ।
यो सङ्गै नेपालमा अहिले सम्म ८४ हजार ५ सय १८ जना संक्रमण बाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
हाल सम्म ३१४ जना आइसियुमा छन र ती मध्ये ६८ जना भेन्टिलेटरमा छन । गत २४ घण्टामा १९ जनाको मृत्यु भए पछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ६ सय ९४ पुगेको छ ।
प्रतिक्रिया