मधेसमा पार्टी प्रवेशको फेसन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा २८,असोज।
कोरोना संक्रमण बढदो छ । सामुन्ने दसै मुख्य दलहरु प्राय आन्तरिक तनावमा अलमलिएको बेला मधेसमा भने पार्टी प्रवेशको फेसन चल्न थालेको छ।
” पार्टी प्रवेश गराउदा कुनै पनि मापदण्ड बिर्सेका छैनौ। ” , पार्टी प्रवेश कार्यक्रममा मापदण्ड पालना भएन भन्दै समाजिक संजालमा चर्चा चलिरहेको बेला ”किन यसो भयो होला”? भनेर प्रश्नमा जिल्ला समन्वय  समिति पर्साका सचिव तबरेज अहमदको जवाफ पर्सा# जिल्लामा पछिलो दुइ दिनमा १ हजार ५ सय बढी जनाले जनता समाजवादी पार्टीमा प्रवेश गर्नु भएको छ। कति पयले अर्को पार्टी परित्याग गरेर आउनु भएको हो भने अधिकांश नव आगन्तुक नै हुन्। पर्सा जिल्लाको विभिन् ५ स्थानमा भएको पार्टी प्रवेश कार्यक्रममा १ हजार ५ सय भन्दा बढी जनाले पार्टीको सदस्यता ग्रहण गर्नु भएको छ। कोरोना सर्न सक्ने डर कायमै रहेको बेला पर्सा जिल्लामा पार्टी प्रवेश धमाधम भएको छ। ” १ महिना पहिले नै पार्टी प्रवेशको कार्यक्रम राख्ने मिति तय भाइसकेको थियो। र सोहि अनुसार पालिका कमिटिले व्यवस्थापन गर्दै आएको थियो। ” सचिव अहमदले जानकारी दिनु भयो।
यस्तो अवस्थामा पनि पार्टी प्रवेश कार्यक्रम सफल गर्न कसरि सम्भव हुनुभयो ? भनेर प्रश्न गर्दा जिल्ला समन्वय समिति पर्साका सचिव तबरेज अहमदले ,”संबेदनशील अवस्थालाई मध्यनजर गर्दै सरकारको सबै मापदण्ड पुरा गरेर कार्यक्रम सफल गरिएको बताउनु भयो।
” पार्टी प्रवेशको लागि कार्यक्रम गर्ने समय कतिको उचित लाग्यो ? भने घामछायाँको प्रश्नमा अहमदले ,” चुनावको बेला पार्टी प्रवेशको लहर नै चलेको हुन्छ ,त्यस बेला वास्तविक कार्यकर्ता छनौट गर्न द्धिविधा हुने भएकोले यो समय नै उपयुक्त भएको ” बताउनु भयो। ”कार्यक्रममा गाइडलाइन ,मास्क,सेनेटाइज जस्ता विषयमा विशेष ध्यान दिएर कार्यक्रम संचालन गरेको ” थप्नु भयो।
”छिटो छोटो अवधि मै सिद्धिने गरि कार्यक्रम गर्दै गएको ” थप स्पष्ट गर्नु भयो।
” पार्टीमा ६० वर्ष नाघेका नेताहरु पनि रहनु भएकोले हामीले भोलेन्टियर नै परिचालन गरेर सामाजिक दुरी कायम गराउन ,आधि आधि घण्टामा सेनेटाइजर प्रयोग गराउनु , एक वक्ता पछि अर्को बोल्नु भन्दा पहिले माइक सेनेटाइज गर्नुका साथै मास्क बिना आउनु भएकालाई मास्क वितरण समेत गर्ने गरेको ” दावी गर्नु भयो। पर्साको सखुवाप्रसौनी गाउपालिकाको औराहामा ७ सय १६ जना ,महुवनमा ३ सय ९० जना ,विन्दवासिनी गाउपालिकाको झौवामा ३ सय ५० जना ,पकहामैनोउर गाउपालिकामा १ हजार १ सय ७० जना र ठोरी गाउपालिकाको सुवर्णपुरमा ३ सय ५० जनाले पार्टी गर्नु भएको छ।
दशैं सम्म पर्सा ग्रीन जोन हुने विस्वस्त रहनु भएका जिल्ला समन्वय समितिका अध्यक्ष रामनरेश यादवले ,”विश्व स्वास्थ्य संगठनले दिएको निर्देशन अनुसार एउटा गाडिमा ३ जना मात्रै सवार रहेको ” बताउनु भयो। ” कार्यक्रममा अनुमान गरिएको भन्दा अधिक जनताको उपस्थितिले चिन्ता त् हामिलाइ पनि लाग्यो। ” उहाँले भन्नु भयो। ”आलोचना गर्नेहरुले त् गरिहाल्छन तर जनताको बाक्लो उपस्थिले नै जवाफ दिइसकेकोले जसपा प्रति जनताको विस्वास हेर्न सकिन्छ ” थप उत्साहित उदै थप्नु भयो। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच भएको एकीकरणले पर्सामा राजनीति पकड त् बनाएको छ तर पद बाडफाँडको विषयमा अझै अन्यौलता कायम रहेको छ। ”कार्तिक ३ गते केन्द्रिय बैठक बस्ने मिति तय भएको त्यस पछि प्रदेश हुदै जिल्ला स्तरमा पद बाडफाड गरिने ” यादवले बताउनु भयो।
उता पालिका कमिटिको पदाधिकारी सपथ ग्रहण गराउन नेकपा पनि व्यस्त देखिएको छ। ” १८ महिना पहिले नै पालिका स्तरीय कमिटि गठन भइसकेको र कोरोनाका कारण स्थगित रही आएको शपथ ग्रहण कार्यक्रमलाई निरन्तरता दिदै जाने मिति तय भाइसकेको ”नेकपा पर्साका अध्यक्ष प्रभु हजराले बताउनु भयो।
” यी सबै गतिविधिहरु अनुचित भएको ” कांग्रेस जिल्ला समिति पर्साका अध्यक्ष अजय द्धिवेदीले प्रतिक्रीया दिनु भएको छ। ” जनताको भावना र परिस्थिति दुवैलाइ ध्यानमा राख्नु पर्छ न कि पहिलो पार्टीमा संख्या वृद्धि मात्रै। यदि जनताको भिडलाई नै कार्यकर्ता बुझियो भने त्यो राजनीतिक अपरिपक्वता मात्रै हो। हामि संग पनि भिड थियो तर चुनाव हार्यौ। ” द्धिवेदीले भन्नु भयो। ” कांग्रेस पनि शुभकामना आदानप्रदान कार्यक्रम गर्न जादै छ तर वडा स्तरमा जहा भिड हुदैन। ” भानु भयो।