आजको मौसम ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोज २ गते (बिहिबार):-

दिउँसो :- प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी प्रदेशमा आंशिक बदलि  रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

मौसम विश्लेषण :-

बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र (Depression) हाल भारतको तेलंगानामा रहेको छ र कमजोर हुंदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ।

हालको मौसमको अवस्था :-

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।

तापक्रम:-
बढीमा : ३५.४ डिग्री(नेपालगंज )
घटीमा ५.५ डिग्री(जुम्ला)
सूर्योदय : ५ः ४५ बजे
सुर्यास्त: ०६:०० बजे