असोज २८। सरकारले अब लक्षित समुहको व्यक्तिहरुको कोरोना परिक्षण नि:शुल्क गर्ने घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धित नियमित पत्रकार समेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार ,अब आर्थिक रुपले विपन्न भएकाहरुको कोरोना परिक्षण नि: शुल्क गरिएको छ। सरकारले तयार गरेको लक्षित समूह अन्तर्गत पर्ने सबैलाइ नि:शुल्क परिक्षण गर्न पाउनु पर्ने सुविधा उपलब्ध गराएको हो।
नेपाल सरकार मन्त्रिपरिषदको असोज १९ गते बैठकले गरेको निर्णय अनुसार , सरकारले तयार गरेको लक्षित समुहमा शारीरिक रुपले अशक्त, मानशिक रुपले अशक्त,एकल महिला,ज्येष्ठ नागरिक ,स्वास्थ्य क्रमचारी ,सरसफाई क्रमचारी ,सुरक्षा निकायका क्रमचारी,तथा अहोरात जोखिम युक्त
क्षेत्रमा कार्यरत क्रमचारिहरु परेको गौतमले बताउनु भएको छ।
यी क्षेत्रमा काम गर्ने क्रमचारिहरुमा लक्षण वा चिन्ह देखा परे नि:शुल्क परिक्षण गरिनेछ।
” तर लक्षित समूह मध्ये कसैको कोरोना बिमा गरेको पाएमा परिक्षण र उपचार खर्च निचको बिमा रकमबाट ब्योहोरने ” गौतमले स्पष्ट गर्नु भयो।
कोरोना खर्चमा उठेको सवाल प्रति जवाफ दिदै गौतमले ”,२०७७ साउन २२ गतेको निर्णय अनुसार कोशी अस्पताल ,नारायणी अस्पताल,भरतपुर अस्पताल,भेरी अस्पताल र डडेलधुरा अस्पतालमा ५ वटा भेन्टिलेटर सहित हरेक अस्पतालमा १५ वटा आइसीयु बेद संचालनका लागि ३ करोड बजेट छुट्याएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ वटा भेन्टिलेटर सहित १० आइसीयु बेड संचालनका लागि २ करोड रकम छुट्याएको छ। यसरि कुल ३४ वटा भेन्टिलेटर सहित १ सय आइसीयु बेड संचालनमा ल्याउन २० करोड रकम निकास गरिएको ”, उहाले जानकारी दिनु भयो।
गौतमका अनुसार ,”२०७७ साउन २१ गते कोबिड कोषको निर्णय अनुसार त्रिभुवन विश्वविधालय शिक्षण अस्पताललाई १० भेन्टिलेटर सहित १४ आइसीयु बेड संचालन गर्न ५ करोड ७५ लाख रकम पठाइएको छ। ”
प्रतिक्रिया