थपिए साढे २ हजार बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । असोज २८ । नेपालमा कोरोनाको संक्रमण एकैदिनमा
२ हजार ६ सय ३८ जनामा पोजेटिभ देखिएको छ ।
गत २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ७४ रहेको छ ।

यो सङ्गै नेपालमा अहिले सम्म ८० हजार ९ सय ४७ जना संक्रमण बाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
हाल सम्म ३०५ जना आइसियुमा छन र ती मध्ये ७० जना भेन्टिलेटरमा छन । गत २४ घण्टामा १२ जनाको मृत्यु भए पछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ६ सय ७५ पुगेको छ ।