आजको मौसम ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोज २ गते (बुधबार)

दिउँसो :- प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:प्रदेश १,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

तापक्रम:-
बढीमा : ३५.५ डिग्री(विराटनगर )
घटीमा ६.५ डिग्री(जुम्ला)
सूर्योदय : ५ः ४५ बजे
सुर्यास्त: ०६:०० बजे

हालको मौसमको अवस्था :-

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम विश्लेषण :-

हाल बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र (Depression) भारतको तेलंगानामा रहेको छ र कमजोर हुंदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ।