१५ हजारलाई जांच्दा ३५ सयलाई संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । असोज २७ । नेपालमा कोरोनाको संक्रमण एकैदिनमा
३ हजार ५ सय ५६ जनामा पोजेटिभ देखिएको छ ।
गत २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ३ रहेको छ ।
यो सङ्गै नेपालमा अहिले सम्म ७८ हजार ७ सय ८० जना व्यक्ती कोरोना संक्रमण बाट मुक्त भएका छन ।
यो कुल संक्रमित संख्याको ६८ .३ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
हाल सम्म ३०७ जना आइसियुमा छन र ती मध्ये ६६ जना भेन्टिलेटरमा छन । गत २४ घण्टामा १८ जनाको मृत्यु भए पछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको छ ।