क्यानको साधारण सभा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौँ । केन्द्रिय समितिका सदस्यहरुलाई कोरोना संक्रमण देखिए पछि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)को साधारण सभा स्थगित भएको छ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दको हस्ताक्षरित भएको प्रेस विज्ञप्ति मार्फत साधारण सभा स्थगित भएको जानकारी गराइएको छ।
यो भन्दा पहिले नेपाल क्रिकेट संघको असोज ६ गते चितवनमा सम्पन्न बोर्ड बैठकले संघको साधारण सभा २०७७ असोज २८ र २९ गते गर्ने निर्णय गरेको थियो। यता संघका पदाधिकारीहरु संगै केन्द्रिय कार्य समितिका सदस्यहरुमा कोरोन संक्रमण देखिए पछि हाललाई साधारण सभा स्थगित
गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
अर्को सुचना नआउन्जेल सम्म स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ।