काठमाडौं । असोज २६ । नेपालमा कोरोनाको संक्रमण एकैदिनमा
४ हजार ४७ जनामा पोजेटिभ देखिएको छ ।
गत २४ घण्टामा १४ हजार ५ सय ३० जनाको परिक्षण गर्दा यो संक्रमण देखिएको हो। यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ७३ रहेको छ ।
यो सङ्गै नेपालमा अहिले सम्म ७७ हजार २ सय ७७ जना व्यक्ती कोरोना संक्रमण बाट मुक्त भएका छन ।
यो कुल संक्रमित संख्याको ७०.१ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो ।
हाल सम्म २ सय ७९ जना आइसियुमा छन र ती मध्ये ६७ जना भेन्टिलेटरमा छन । गत २४ घण्टामा ९ जनाको मृत्यु भए पछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ६ सय ४५ पुगेको छ ।
प्रतिक्रिया