काठमाडौं । असोज २५। नेपालमा कोरोनाको संक्रमण एकैदिनमा २ हजार ७१ जनामा पोजेटिभ देखिएको छ ।
गत २४ घण्टामा १२ हजार ४ सय २७ जनाको परिक्षण गर्दा २ हजार ७१ जनामा कोनोना पोजिटिभ देखिएको छ ।
यसरी देशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३१ हजार ३ सय ५० रहेको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ५२ रहेको छ । यो सङ्गै नेपालमा अहिले सम्म ७५ हजार ८ सय ४ जना व्यक्ती कोरोना संक्रमण बाट मुक्त भएका छन । यो कुल संक्रमित संख्याको ७०.३ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो । हाल सम्म ३ सय २९ जना आइसियुमा छन र ती मध्ये ७६ जना भेन्टिलेटरमा छन । गत २४ घण्टामा २२ जनाको मृत्यु भए पछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ६ सय ३६ पुगेको छ ।
काठमान्डौमा १ हजार १ सय ४५ जना, भक्तपुरमा ११० जना र ललितपुरका १६१ जना गरि काठमान्डौ उपत्यकामा मात्रै १४१६ जना संक्रमित थपिएका हुन ।
प्रतिक्रिया