
ललितपुर : ललितपुर महानगरपालिकाका नगर प्रहरीहरु अबदेखि लठ्ठी विहिन हुने भएका छन ।
ललितपुर महानगरपालिकाले आफ्नो नगर प्रहरीहरुलाइ लठ्ठी नबोक्न आग्रह गरे पछि नगर प्रहरी लठ्ठी विहिन हुने भएका छन । नगरपालिका वासीहरुलाइ डरले हैन व्यवहारले सजक बनाउने उदेश्यले लठ्ठी नबोक्न महानगरले नगर प्रहरीलाई आग्रह गरेको छ ।

महानगरपालिकाकि उप-प्रमुख गिता सत्यालले,” महानगर मुख्य मुख्य ठाउँ क्यामेरा जडान गरेर नगर क्षेत्रको सुरक्षा नयाँ प्रविधी अपनाइ भइरहेको “बताउनु भयो ।
” २१ औ शदाब्दीमा जनता सुसुचित गर्न लठी हैन प्रविधिको आवस्यकता रहेको भन्दै यसो गर्न लागिएको” उप प्रमुख गिता सत्यालले भन्नु भयो। “क्यामेरा जडान पछि नगर प्रहरी र ट्राफिक प्रहरी दुबैलाई सजिलो भएको अनुभव नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताउनु भयो
हाछेथुले पनि उप-प्रमुखको कुरामा सहमति जनाउदै ,” नगर प्रहरीले कसैलाई पनि ‘तँ वा तिमी ‘ शब्दले सम्बोधन नगर्ने घामछायाँलाइ फोन सम्पर्कमा बताउनु भयो। ”अनुरोध गरेरै काम बन्ने भए पछि लठीको आवश्यकता नै नपर्ने भएकोले ‘लठी विहिन नगर प्रहरी’को अवधारणा लिएर आएका हौ ”, उहाले थप्नु भयो। नगरवासी संङ्ग कुराकानीको सुरुवात हात जोडी ‘नमस्ते’ भन्दै सुरु गर्ने जानकारी दिनु भयो।
महानगरले फुटपाथ,होडिङ्ग बोर्ड ,अमर्यादित पोस्टर,बाटो मै मोटरसाइकल राख्ने जस्ता अवैधानिक गतिविधि गर्नेहरुलाइ कारवाही गर्नेछ। ४ पल्ट सम्मको आग्रहलाइ वास्ता नगर्ने जो कोहिलाइ पनि कारवाहीग र्ने तयारी भएको ,उहाँले बताउनु भयो ।
”फुटपाथमा फलफुल राखेर बेच्ने,काटुनमा कपडा बेच्ने,चट्पटे जस्ता घुम्ती पसलहरुलाई अनुरोध गरेर फुट
पाथ खालि गराइदै छ। ”हाछेथुले जनाउनु भयो। यसै क्रममा कुमारीपाटी देखि कुपन्डोल सम्म ३ किलोमिटर सडक
लाई फुटपाथ निषेधित क्षेत्र नै घोषणा गरिएको उहाँले बताउनु भयो।
‘ट्राफिकले सिटि बजाएर भिड हटाउन सके हामि पनि बिना लठी व्यवस्थापन गर्न सक्ने ‘ उहाँको विस्वास रहेको छ।
महानगरपालिकाले मोटरसाइकल बनाउने मिस्त्रीलाई बाटो मै बनाउन लाग्दा पैदल यात्रुलाई दु:ख भएको भन्दै आफ्नो सटर भन्दा अधिक क्षेत्रफल नअगोट्न आग्रह गरेको छ ।
उहाँको अनुसार,”नगर भित्रका होर्डिङ्गबोर्डहरुमा रक्सि ,सुर्तीजन्य पदार्थको मात्रै विज्ञापन भएको र सो बापत पसलेहरु कमिशन उठाइरहेको खबर पाएका छौ र ती सबै खाले बोर्डहरु हटाइने छ।”
पसलले उत्पादनको नाममा टाँसेको अमर्यादित तस्विरले सामाजिक समस्या उत्पन्न गरेकोले यस्ता तस्विर भएको पोस्टर पूर्ण रुपले बन्देज लगाइएको ”उहाँको भनाइ छ।
प्रतिक्रिया