काठमाडौं । असोज २४ । नेपालमा कोरोना संक्रमितको संख्या एकैदिनमा ५ हजार नाघेको छ । गत २४ घण्टामा १९ हजार ३ सय २० जनाको परिक्षण गर्दा ५ हजार ८ जनामा कोनोना पोजिटिभ देखिएको छ । यसरी दृेशभर हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हाल देश भर सक्रीय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार २ सय २९ रहेको छ । यो सङ्गै नेपालमा अहिले सम्म ७४ हजार २ सय ५२ जना व्यक्ती कोरोना संक्रमण बाट मुक्त भएका छन ।यो कुल संक्रमित संख्याको ७० प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डांं गौतमले जानकारी दिनुभयो । हाल सम्म ३ सय १८ जना आइसियुमा छन र ती मध्ये ७५ जना भेन्टिलेटरमा छन । गत २४ घण्टामा १४ जनाको मृत्यु भए पछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ६ सय १४ पुगेको छ ।
प्रतिक्रिया