क्रान्ति र प्रतिक्रान्ति’ बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालका थुप्रै राजनीति र कुट्नीतिक घट्नाक्रमलाई प्रत्यक्ष अनुभुत गर्नुभएका रमेशनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा आएको छ । पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठी लगायत अन्य हस्तलिखित दस्तावेजहरु समेत समावेस छन् । पूर्व पररास्ट्र मन्त्रि समेत रहेका पाण्डेले पुस्तकमा ०७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलन देखि बर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक-सामरिक कारण र आउन सक्ने परिणाम समेतलाई उल्लेख गर्दै इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविस्यका बारेमा विस्तारमा चर्चा गर्नुभएको छ ।

पुस्तकका सन्दर्भमा लेखक भन्नुहुन्छ – ‘ २००७ सालको परिवर्तनलाई आख्यानको रुपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफै संलग्न भएर सञ्चय गरेका सपना भङ्गको पीडा र दूरदृष्टि पूरा गर्ने सङ्कल्प लिएका युवा वर्गका लागि क्रान्ति र प्रतिक्रान्ति रुचिकर र उपयोगी हुने आशा गरेको छु ।

सुन्दरीजल सैनिक जेलबाट बीपीले मलाई लेख्नुभएका चिठीहरु कालजयी छन् । पाठकलाई राजनीतिक, धार्मिक, सांस्कृतिक र व्यावहारिक रुपमा विचारोत्तेजक खुराक दिने केही चिठीहरु प्रासङ्गिकताअनुसार प्रस्तुत पुस्तकमा समावेश गरिएका छन्, बाँकी पछि आउने पुस्तकमा समावेश हुने छन् । ‘

लेखकको यस अघि प्रकाशित पुस्तक ‘कूटनीति र राजनीति’ चर्चित रह्यो । उक्त पुस्तकको छैटौं संस्करण पनि ‘क्रान्ति र प्रतिक्रान्ति’ संगै बजारमा उपलब्द हुनेछ । पुस्तक ५५६ पृष्ठको रहेको छ र यसको मूल्य ७९५ रहेको छ ।