काठमाडौं । असोज २३ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५९ जना थपिए पछि कुल संक्रमितको संख्याले १ लाखको आकडां पार गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज १ हजार ३ सय ९८ जनाको पिसिआर परिक्षण गरिएको थियो । हाल देश भर सक्रीय संक्रमितको संख्या २५ हजार ८ सय ७७ रहेको छ ।
हालसम्म कोरोना संक्रमण बाट डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ८० पुगेको छ , यो सङ्गै कुल नेपालमा अहिले सम्म ७३ हजार २३ जना व्यक्ती कोरोना संक्रमण बाट मुक्त भएका छन ।यो कुल संक्रमित संख्याको ७२.५ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी दिनुभयो । हाल सम्म ३ सय १८ जना आइसियुमा छन र ती मध्ये ७७ जना भेन्टिलेटरमा छन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।
प्रतिक्रिया