संखुवासभा : संखुवासभाको खाँदबारी ६ हिगुवा मा एक महिलाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश बुढाथोकीका अनुसार ६८ वर्षीया गोमादेवी चौलागाईको हत्या भएको हो ।
चौलागाईको बिहिबार राति ९ बजे हत्या भएको हो। हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका २० वर्षीय रेशम दियालीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिएका छन् ।
गोमादेवी केही वर्षदेखि स्थानीय अर्जुन भण्डारीको घरमा बस्दै आएकी थिइन् ।
बिहीबार दिउँसो गोमादेवी र रेशमको सामान्य विवाद भएको र साँझमा पनि विवाद भएपछि रेशमले लाठी र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । घटनामा संलग्न भएको आशंकामा गाउँकै केही व्यक्तिलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया