पर्सामा  १३१ किलो गाँजासहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

                                         
वीरगञ्ज २२ असोज । पर्सा प्रहरिले एक जनालाई  लागु औषध गाँजा सहित पक्राउ गरेको छ ।
पर्साका पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ बस्ने  दुखी ओझैयाका छोरा राज ओझैयालाई  १ सय ३१ किलोग्राम गाँजासहित प्रहरिले पक्राउ गरेको हो ।
“विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलिले ४० वर्षीय ओझैयाको घरमा छापामारी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ सय ३१ किलोग्राम गाँजा बरामद गरेको” प्रहरी नायब उपरिक्षक मनोजित कुवंरले बताउनु भएको छ ।
“बरमाद गाँजा र ओझैयालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको” उहाँले बताउनु भयो ।
“पक्राउ पर्ने राज ओझैया वडा सदस्यका छोरा हुन ” प्रवक्ता समेत रहनु भएका कुवंरले थप्नु हुँदै ,
“यसअघि पनि पर्सामा जनप्रतिनिधि का छोरा लागु औषध सहित पक्राउ परिसकेका छन् । पर्सा प्रहरीले यसअघि जिराभावानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सुभाष राउत थारुका छोरा शशिकान्त चौधरीलाई प्रकाउ गरेको थियो ।” भनेर घामछायाँलाइ बताउनु भयो ।
पछिल्लो समय पर्सा र बारामा प्रहरीले ठुलो मात्रामा लागु औषध बरामद गर्न सफल भएको छ । हिजो मात्रै पर्सा प्रहरिले आठ किलो अफिस फेला पर्दा बारा प्रहरीले पनि ठुलो परिमाणमा लागु औषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको थियो ।