काठमाडौं, २० असोज ः विपद्का बेेला सवाधिक जोखिममा मा पर्ने अपाङ हरुका लागि उपयोगी अपांगतामैत्री विपद् जोखिम न्यूनिकरण मार्गदर्शन हातेपुस्तक तथा मोबाइल एप तयार गरिने भएको छ। अतुल्य फाउन्डेसन युएसएडको ‘तयार नेपाल’ परियोजनाको सहकार्यमा सोमबार अपांगता भएका व्यक्तिहरुका लागि सार्वजनिक सुरक्षा विषयमा आज आयो जित भर्क्चउअल कार्यशालामा यो जानकारी दिइएको हो । कार्यशालाको मुख्य उदेश्य अपांगता भएका व्यक्तिहरुको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको बारेमा जानकारीमुलक सामाग्रिहरु तयार पार्नु रहेको छ ।
यस भर्चुअल कार्यशालामा सरकारी तथा गैरसरकारी क्षेत्रका सहभागीहरुलाई स्वागत गर्दै अतुल्य फाउन्डेसनका अध्यक्ष पल्लव पन्तले अपांगता भएका व्यक्तिहरुको सुरक्षाका लागि विपद् जोखिम न्युनिकरणको आवश्यकतामाथि प्रकाश पारे । विश्व स्वास्थ्य संगठनलाई अंकित गर्दै उनले विपद्को समयमा अपांगता भएका व्यक्तिहरु तीन गुणा बढी जोखिममा पर्ने भएकाले उनीहरुलाई सबै तहमा प्राथमिकतामा राख्नुपर्ने बताए । ‘यसले गर्दा उनीहरुको आवाज सम्वन्धित निकायहरुमा सुनुवाई होस्’, उनले भने ।
उनले प्रष्ट्याउँदै भने,‘ गत वर्षको परियोजनाले अपांगता समावेशी विपद् जोखिम न्युनिकरण मार्गदर्शनका साथै अपांगता समावेशी विपद् जोखिम न्युनिकरण हातेपुस्तक र एप तयार गर्नेछ । जसले अपांगत भएका व्यक्तिहरु विशेषत त सुस्त श्रवण भएका व्यक्तिहरुलाई पहिलो सहजकर्तासँग सम्पर्क गर्ने सुविधा प्रदान गर्नेछ ।’
यस परियोजनाको अन्त्यसम्ममा अपांगता भएका व्यक्तिहरुमा अपांगता समावेशी विपद् जोखिम न्युनिकरण विषयमा तालिम, अनुरकरण अभ्यास, सन्दर्भ सामाग्रिहरु र एप तयार गरेर सचेतनाको तह वृद्धि हुने उनले जानकारी दिए ।
कार्यक्रममा सरकारी तथा गैर सरकारी निकायका सहभागीहरुले विपद् जोखिम न्युनिकरण ता व्यवस्थापनमा अपांगता भएका व्यक्तिको विषयमा सम्बोधन गर्न एकिकृत योजनाको आवश्यकतामाथि जोड दिए ।
नेसनल एमरजेन्सी अपरेसन सेन्टरका प्रमुख मुरारी वस्तीले सरकारले सम्वन्धित निकायहरुको सहकार्यमा सुरु गरेको विपद् जोखिम न्युनिकरणका विभिन्न क्रियाकलापहरुका बारेमा जानकारी दिए । ‘हामीले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा एकिकृत तथा तलबाट माथि प्रयोग गर्न सकेमात्र सोचेको फल प्राप्त गर्न सकिनेछ’, उनले भने, ‘विभिन्न निकायले आफ्नो ढंगले गरेको कार्यक्रमहरुलाई एककृति गरेर विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन संचालन गर्दा स्थानिय तहलाई उत्तरदायी एवं सम्वेदनशील बनाउनु आवश्यक छ ।’
अपांगता समावेशी विपद् जोखिम न्युनिकरणका लागि अपांगता मैत्री भौतिक पूर्वाधार र सूचना प्रविधिको पहुँच आजको आवश्यकता रहेको उनले प्रष्ट्याए ।
त्यसैगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका निराजन घिमिरेले अपांगता भएका व्यक्तिहरुको हकहितको सुरक्षाका लागि संवैधानिक प्रावधानहरु भएको स्पष्ट पार्दै मन्त्रालयले यस आर्थिक वर्षमा संचालन गर्ने गतिविधिको बारेमा पनि जानकारी गराए ।
महिला मन्त्रालयमा विपद् व्यवस्थापनसम्वन्धि फोकल पर्सन घिमिरेले भने, ‘हाम्रो संविधानले सबै नागरिकहरु जस्तै अपांगता भएका व्यक्तिहरुको सम्मानपूर्वक जीवन यापन गर्न पाउने र सार्वजनिक सेवा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । त्यसैले हामीहरु पनि संविधानले दिएको हक अधिकार सुनिश्चित गर्न कटिवद्ध छौं ।’ उनले भने, ‘मन्त्रालयलाई अपांगतामैत्री पुर्वाधारको उत्कृष्ट नमुनाको रुपमा विकास गरेर मन्त्रालयले अपांगतामैत्री सार्वजनिक सम्पत्तिको निर्माण गर्ने जिम्मा लिँदैछ ।’ मन्त्रालयले अपांगता भएका व्यक्तिको परिचय पत्रको व्यवस्थापनको विषय पूर्नविचार गर्ने र पहिलो पटक अपांगता भएका व्यक्तिको डाटाबेस तयार गर्ने उनले जानकारी दिए । सरकारले यसको लागि स्थानिय र संघिय तहमा बजेट बिनियोजन गरिसकेको पनि उनले बताए ।
अपांगता अधिकार र विकासका लागि क्रियाशील नेपालका कार्यकारी निर्देशक डा.वीरेन्द्र राज पोखरेलले परियोजनाले तयार पार्न लागेको मार्गदर्शन तथा अन्य सन्दर्भ सामाग्रिहरु कानुनी तथा नीतिगत फ्रेमवर्कका आधारमा हुनुपर्ने औंल्याए ।
अपांगता समावेशी विपद् जोखिम न्युनिकरण कार्यक्रम बनाउँदा अपांगता भएका व्यक्तिहरुको सुझाव तथा अनुभवलाई पनि समेट्नुपर्ने महत्व दर्शाउँदै उनले भने ,‘हामी बिना हाम्रो लागि कोही पनि हुन सक्दैन ।’ विपद् जोखिम न्युनिकरण विज्ञ राजु थापाले यस परियोजना सबैका लागि सार्वजनिक सुरक्षा अवधारणा अन्र्तगत अपांगता भएका व्यक्तिहरुको सार्वजनिक सुरक्षा वृद्धि गर्नका लागि साझेदारहरुसँग स्ट्रक्चरल फंसनल अप्रोचको आवश्यकता रहेको बताए । उनले भने, ‘परियोजनाले तालिममार्फत नियमनकारी निकायहरु, सुविधा प्रधायक निकायहरु तथा उपभोक्ताहरुको क्षमता अभिवृद्धि गर्ने मार्गदर्शन तयार गर्नेछ ।’ साथै उनले परियोजना संचालन अवधिमा प्रस्तावित जीवन बचाउन सक्ने ‘बचाउ’ नामक मोबाइल एप तयार गर्ने पनि जानकारी दिए ।
वेबिनारमा आमन्त्रीत पाहुना तथा अन्य सहभागीहरुले परियोजनाको सफलताको कामना गरे । साथै उनीहरुले माथि उल्लेखित कार्यक्रमबाट सोचेको नजिता पाउन परियोजना समूहलाई सम्वन्धित साझेदारहरु विशेषगरी अपांगता भएका व्यक्ति , अधिकारकर्मी र अपांगता तथा विपद्को क्षेत्रमा काम गर्ने संस्थाहरुसँग राम्ररी सुझाव संकलन गर्दै अगाडि बढ्न आग्रह गरे ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थान परिषद्का कार्यकारी प्रमुखले प्रमुख अतिथीको रुपमा आउने कार्यक्रम तय भए पनि उनी उपस्थित हुन सकेनन् । उनले एक सन्देशमार्फत परियोजनाको सफलताको कामना गर्दै यस क्षेत्रमा निरन्तर काम गरिरहने प्रतिवद्धता समेत जनाए ।
प्रतिक्रिया