‘कोरोनाको औषधि बनेको छैन् । डर उत्तिकै बढेको छ । व्यापार व्यवसाय खतम भएर मानिस बौलाह बन्ने अवस्थामा पुगिसके । यस्तो बेलामा भगवानको दर्शन गरेर शान्ति लिन पनि नहुने ? ‘
केही महिना ७१ वर्ष पुगेका सुवर्ण वैद्य जो पशुपति क्षेत्रमा जन्मिनुभयो र हुर्किनुभयो । पहिलो, दोस्रो र तेस्रो गरी लगातार त्यो क्षेत्रको वडा अध्यक्ष भयो र सबै भन्दा बढी घाटे वैद्यका रुपमा जीवनको अन्तिम अवस्थामा पुगेका हजारौंलाई चिकित्सा सेवा दिनुभयो । वैद्यको सेवापछि आर्यघाटको चितातर्फ लगिएका कयौं मानिस घर फर्किएका छन् । अर्थात् उहाँको जीवनको अधिकांश समय पशुपति परिसरमै वित्यो । उनलाई समेत वितेको ६ महिना जीवनकै उदेक लाग्दो समय बनेको छ । ‘हरेक दिन पशुपतिको दर्शन नगरी भातको गाँस नहाल्ने म छ महिनासम्म छाना र गजुर हेरेर हात जोड्दै चित्त बुझाइ रहेको छु । तनावमा परे जत्तिकै भएको छ ’, उहाँको पीडा छ ।
त्यही जन्मिएर ७० वर्ष कटेका वैद्यको अनुभूति त्यस्तो छ भने अन्यत्रबाट धाएरै पशुपति जान खोज्नेहरुले पनि त्यो अवसर पाएका छैनन् । गएको साउन महिनाको अन्तिम सोमबार । देशको सर्वाधिक महत्वको तिर्थस्थलको रुपमा पशुपति क्षेत्रमा जन्मी हुर्किएर वयोवृद्ध उमेरमा हिँडदै गरेकाहरुलाई समेत नौलो लाग्नने दिन थियो त्यो । अघिल्ला वर्षहरुमा थामीनसक्नुको भिड हुने पशुपति परिसर थियो । मन्दीर तर्फ जाने चारै तिरका ढोका लागेका थिए । बाहिरतर्फ भने मन्दिर क्षेत्र नजिकका र हिँडरै त्यहाँ पुग्न सक्ने महिलाहरुको जमघट देखिन्थ्यो ।
पश्चिमतर्फको प्रवेशद्वारमा केही मास्क र हेलमेट पहिरिएरै केही महिलाहरु आरति उतार्दै थिए । कोही दुई हात जोडेर प्रार्थना गर्दै । तिनकुनेबाट एक जना साथीसँग त्यहाँ पुगेकी एक महिला भन्दै हुनुहुन्थ्यो । ‘यसवर्षको साउने सोमबारको ब्रत यस्तै भयो’ । केही भक्तजन मास्कलाई चिउँडोसम्म तानेर सेल्फी लिँदै थिए । त्यहाँबाट अरु नदेखिए पनि पशुपति मन्दिरको छानो र मन्दिर प्राङगणमा पस्ने पश्चिम तर्फको मूल प्रवेशद्वारमा देखिन्छ । लाथ्यो भक्तजनहरु त्यसैलाई पशुपतिको दर्शन गरेझै भएको छ ।
‘दिनमा पाँच देखि १० बजेसम्म निश्चित कोटा तोकेर बसाह नजिकबाट एक पटकमा पाँच जना सम्मलाई दर्शन गर्न दिँदा केही फरक पर्दैन । तर यहाँ पूजा सामान लिएर पस्न भने दिनुहुन्न’
आफ्नो घर कोठा वा जहाँ बसेर पनि ध्यान र प्रार्थना गर्न सकिन्छ भने दर्शनकै लागि भिड जम्मा हुने र संक्रमणको डढेलो झन् लाग्ने अवस्था बनाउनु उपयुक्त हुन्छ ? घामछायाँको यो प्रश्नमा वैद्य भिड हुन भने दिनु नहुनेमा सहमत हुनुहुन्छ। ‘अरु सेवाहरु भौतिक दूरी कायम गरेर चलिरहेका छन् भने पशुपति दर्शनलाई मात्र किन बन्देज ? उहाँको प्रतिप्रश्न छ । त्यहाँ सामाजिक दूरी कायम गराएर जोखिम कम गराउन आफूले थुपै सुझाव पशुपति क्षेत्र विकास कोषलाई दिएको उहाँ बताउनुहुन्छ । ‘दिनमा पाँच देखि १० बजेसम्म निश्चित कोटा तोकेर बसाह नजिकबाट एक पटकमा पाँच जना सम्मलाई दर्शन गर्न दिँदा केही फरक पर्दैन । तर यहाँ पूजा सामान लिएर पस्न भने दिनुहुन्न’, उहाँको भनाई छ । तीन तिन मिटरको दूरीबाट कसरी दर्शन गराउन दिन सकिन्छ भन्ने बारे आफूले स्केच नै बनाएर कोषलाई दिएको जानकारी पनि उहाँले दिनुभयो ।
वैद्य जस्तै थुपै स्थानीय, पूजारी र भण्डारीहरुले हरेक दिन जसो कोषमा गएर कोषका निर्देशक घनश्याम खतिवडासमक्ष पशुपतिको नियमित दर्शन खुला गर्नुपर्ने माग राखिरहेका छन् । निदेर्शक खतिवडाले माग प्रति आफू सकारात्मक रहेता पनि यो दिन खुल्छ भन्न सक्ने अवस्थामा भने हुनुहुन्न । खुलाउने वा नखुलाउन निर्णय उच्च सरकारी तहबाटै हुने भएकोले धैर्य गर्न आग्रह गरिरहनु भएको छ ।
पशुपति नखुल्दा धार्मिक कार्य मात्र नभई वरपरकाले गर्ने बन्द व्यापार र मन्दीरमार्फत हुने आम्दानी पनि ठप्प प्रायः छ । यसको स्रोत्बाट गर्न सकिने विकासका कार्यहरु समेत प्रभावित भइरहेको उहाँ बताउनु हुन्छ ।
पशुपति मन्दिर खोल्नका लागि कोषको तर्फबाट सुरक्षात्मक उपाय सहितको प्रस्ताव सम्बद्ध पर्यटन, सँस्कृति तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष पेश गरिसकेको जानकारी दिँदै उहाँले यतिबेला यसबारे निर्णय कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिबाटै हुने भएकोले समय लाग्न सक्ने समेत बताउनु हुन्छ ।
प्रतिक्रिया