कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं :
नेपालमा नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ गत २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कारोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज २ हजार ३ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमण बाट डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ५२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा आज  ७ सय ८३, भक्तपुरका १ सय १६ जना र ललितपुरका १ सय १८ जना कोरोना पुष्टि भएका छन् । हाल देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय २१ जना क्वारेन्टिनमा छन्।