काठमाण्डौं ।असोज १९ । नेपालमा गत २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज १ हजर १ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या ६५ हजार २ सय २ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जानकारी दिनुभयो । साथै थप १९ जनाको मृत्यु । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।
नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।
प्रतिक्रिया