
असोज १९ । जय यादव ,पर्सा । देशको दोश्रो ठुलो रंगशालाको अवस्था दैनिय बन्दै गएको छ । पर्साको सदरमुकाम विरगंजमा अवस्थित नारायणी रंगशालाको अवस्था दिन प्रतीदिन खराब हुँदै गएको छ । राष्ट्रिय क्रीकेट टिममा खेल्ने लायक खेलाडी उत्पादन गरेको नारायणी रंगशाला अहिले जलमगन भएको छ । खेलकुदको क्षेत्रमा काम गर्ने
पर्सा खेलकुद विकास समिती ,मध्यमाञ्चल खेलकुद विकास संघ जस्ता निकाय हुदाहुदै पनि नारायणी रंगशाला अहिले हिल्लामय भएको छ ।
बर्सेनि करोडौ रकम केन्द्रले पठाए पनि रंगशालाको अवस्था झन झन खराब हुँदै गएको देख्न सकिन्छ । देश भरी नै रंगशाला निर्माणका लागि जग्गा अभाव हुँदै गर्दा १५ हजार दर्शक बस्न सक्ने क्षमता भएको नारायणी रंगशालाको अवस्था देखेर समाजिक सन्जालका मार्फत भिजिट मधेशका संयोजक ओम प्रकाश सरार्फले गुनासो राख्नु भएको छ । ” जुन रंगशालामा खेल्दै हुर्क्यौ त्यसको अवस्था देखेर सार्है चित दुखेको र सरोकारवालाको ध्यान पुगोस भनेर समाजिक संजालमा गुनासो राखे ” उहाँले घामछायाँ सङ्ग जानकारी दिनु भयो । 

प्रदेश र राष्ट्रिय टिममा समेत खेल्न सक्ने खेलाडी उत्पादन र प्रशिक्षण दिदै आउनु भएका विरगंज युवा च्यामपका क्याप्टेन स्थानिय खेलाडी रमिज राजा अंसारिले,” आफ्नै लगानिमा निर्माण गरेको पिचको संरक्षण गर्न नसक्ने अवस्था रहेको” दुखेसो सुनाउनु भयो ।
“७ वटा पिच हुनुपर्ने,पानीको निकास हुनुपर्ने,राम्रो प्याराफिट हुनुपर्ने,खुल्ला गाई-वस्तुको व्यवस्थापन गर्नुपर्ने तथा बाहिरी टिम सङ्ग खेल्न सक्ने पिच हुनुपर्ने माग गर्दै आएको तर कसैले वास्ता नगरेको”उहाँले भन्नू भयो ।
रंगशालाको अवस्था बारे सोध पुछ गर्दा मध्यमाञ्चल खेलकुद विकास संघका कार्यलय प्रमुख शिवनारायण साहले “१ वर्ष भयो अवकास पाएको तर पनि कार्यकालमा हुदाँ नारायणी रंगशालालाइ अकिंत गरेरै ४/५ लाख बर्सेनि बजेट हुनेगर्थ्यो अहिलेको बारेमा भन्न नसकिने ” बताउनुभयो ।
संघका पुर्व अध्यक्ष मानदेव हजराले,” नयाँ एन पारित भए सङ्ग कुनै संघ र समिती नभएकोले अब केन्द्रको मुख ताक्नु पर्ने ” बताउनु भयो ।
“२ करोडको बजेट रहेकोमा १ करोड १३ लाखमा ठेक्का लागेर काम हुँदै गर्दा लकडाउनले प्रभावित भएको छ ” उहाँले थप्नु भयो ।” उक्त रकमले ठूलो कल्भर्ट हल निर्माण गरिन लागेको” बाताउनु भयो ।
नारायणी रंगशालामा कै अर्को पाटो फुट्बल खेल मैदानको पुर्व देखि दक्षिण हुँदै पश्चिम तर्फको ८० मिटर प्याराफिट निर्माणका लागि यश अघि नै सम्झौता भइसकेको इन्जिनियर शिव चन्द्र यादवले बताउनु भयो ।
३५ प्रतिशत काम भइसकेको योजना पूरा गर्न ३ वर्षको म्याद रहेको इन्जिनियर यादवले बताउनु भयो ।


प्रतिक्रिया