काठमाण्डौं । १८ असोज । नेपालमा गत २४ घण्टामा थप २ हजर २ सय ५३ जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुेगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमण बाट मुत हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार हाल देशभर २२ हजार २ सय १९ जना सक्रिय संक्रिमित छन् । साथै थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।
नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।
प्रतिक्रिया