काठमाडौ : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण देेेखिएको छ । सल्लाहकार द्वयले आज अपरान्ह टुइट गरी यो कुुुरा सार्वजनिक सार्वजनिक गरेेका हुुन । यसैगरी प्रमका स्वकीय सचिब इन्द्र भन्डा र फोटोग्राफ्रर राजन काफ्लेलाई पनि संक्रमण भएको छ।
काठमाडौं उपत्यकामा २४ घण्टामा थप १ हजार १ सय ७७ जनामा कारोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज १ हजार १ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंका १ हजार १ , भक्तपुरका ६७ जना र ललितपुरका १०९ जना छन् ।
नेपालमा गत २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
प्रतिक्रिया