हामीले ग्राहकहरुका लागि सेनिटाइजर राखेका छौ । कोहि ग्राहकहरुले मास्क नलागाएको अवस्थामा मास्क पनि दिने गरेका छौ साथै हामीले हरेक दिन आफ्नो पसल पनि सेनिटाइज गने गरेका छौँ । कर्मचारीहरुलाई पनि मास्क राम्ररि लगाउन र सामाजिक दुरी कायम गर्न समेत भनेको पिपुल एस इस्माट, न्यूड पसलका संचालक केशब उपाध्यायले बताउनुभयो ।
“कोरोनाको माहामारीका कारण व्यापार चाहि सोचे जस्तो छैन्, पहिले राम्रो व्यापार हुन्थ्यो । दशै नजिक भएता पनि कोरोना भाइरसका कारण ग्राहकहरु किनमेलका लागि आउन डराएका छन् “,भन्ने उहाँले बताउनुभयो ।
इमानुअल मोबाइल कियर प्र.लि का कर्मचारी शिव तामाङ पनि, “ग्राहकहरुको चहलपहल धेरै कम भएको र पहिलेका ग्राहकहरु साथै अनलाइनबाट चाहि सामानहरुको अर्डर आउने क्रम बढेको ” । ” हामीले सेनिटाइज र मास्कको प्रयोग अनिवार्य गरेका छौ ।” बताउनुहुन्छ ।
यसैगरि जोशी भ्याग सोपका संचालक राहुल जयस्वालले पनि “आफ्नो पसलमा सेनिटाइज र मास्कको प्रयोग अनिवार्य गरेका छन् । समय–समयमा सेनिटाइजको प्रयोग गर्ने गरेको छौ । कोरोना भाइरसले सबै व्यापार यस्तै भएको छ, पहिले ८० हजार रुपैयाँ सम्म हुने व्यापार अहिले १० हजार हुन पनि गाह्ररो, उहाँले बताउनुभयो ।
प्रतिक्रिया