कीर्तिपुर नगरपालिकाको कर नबढाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

१६ असोज ,काठमाण्डौ । कीर्तिपुर नगरपालिकाले राजस्व दर अघिल्लो वर्षकै यथावत राख्ने भएको छ ।

गत आर्थिक वर्षमा निर्धारण गरिएको राजस्व करको दर आ।व।२०७७र७८ मा घटबढ नगरी यथावतै राख्ने भएको नगर उपप्रमुख तथा प्रवक्ता सरस्वती रिजाल खड्काले जानकारी दिनुभएकी छिन ।                                                                                                                           कार्यक्रममा अनुपस्थित रहनु भएका नगरपालिका प्रमुख रमेश महर्जनले ,” कोरोनाको कारण जनता बेरोजगार भइ बसिरहेको बेला राजस्व बढाउनु उचित नभएको साथै राजस्व बिना नगरपालिकाले लिएको लक्षय पूरा गर्न नसक्ने भएकोले राजस्व घटाउन पनि नमिल्ने बाध्यता रहेको ” बताउनु भयो ।                                                           नगरपालिकामा आयोजना गरिएको समाजिक दुरि सहितको पत्रकार भेटघाट कार्यक्रममा उपप्रमुख खड्काले सो जानकारी गराउनु भयो । आ।व। ०७७र७८ को नीति तथा कार्यक्रम बारे चर्चा समेत गर्नु भएको थियो । कोरोना भाइरसको महामारि जोखिम कायमै रहेकोले शिक्षा, समाजिक क्षेत्र,खानेपानी,सरसफाइ,पुर्वाधार,रोजगार,वन वातावरण तथा विपत व्यवस्थापन ,खेलकुद ,भु(तथा जलाधार संरक्षण,संस्कृति ,सम्पदा तथा भाषा लिपि संरक्षण ,भुमी,सुचना प्रविधी मैत्री कार्य सम्पादन आदि प्रस्तावित कार्यक्रमहरु प्रभावित भएकोमा दुख ब्यक्त गर्दै आवश्यक मापदण्ड अपनाउदै कार्य गर्दै जाने बताउनु भयो ।

नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत सीता परियारले पत्रकारहरु समाज परिवर्तनको एजेन्ट भएको भन्दै नगरपालिकाको गतिविधीलाई जनतासम्म पुर्याइदिन आग्रह गर्नु भयो ।

सार्वजनिक विद्यालय शिक्षाबारे बोल्दै नगरपालिकाको शिक्षा शाखा प्रमुख टंकलाल गैरेले विगणित र विज्ञान विषयलाई अङ्ग्रेजी माध्यममा संचालन गर्नुपर्ने बताउनु भर्यो ।
आवश्यक परे स्वयं सेवक शिक्षक नियुक्त गरिने थप्नु भयो ।
सूचना अधिकारी परशुराम चौलागाईंले नीति तथा कार्यक्रमु पुस्तिका संबोधन गर्नु भएको थियो ।
उपप्रमुख खड्काले कोभिड महामारी सँग जुझ्न कीर्तिपुरका सबै दलका कार्यकर्तासँग समन्वय भइरहेको बताउनुभयो । चुनाव जुन दलबाट जिते पनि नगरपालिकाको नेतृत्वमा आएपछि सबैका लागि आफू बराबर रहेको बताउनु भयो ।