संक्रमण झन बढ्यो

३ हजार बढी निको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ः नेपालमा गत २४ घण्टामा थप २ हजर ७ सय २२ जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुेगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज ३ हजार ३ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६पुगेको छ ।

साथै थप ११ जनाको मृत्यु भएको छ ।