जय यादव
बारा : घट्ना जस्तो भए पनि ,जति सानो(ठूलो भए पनि सिक्ने मौका दिएर जान्छ । यसैले होला बारा जिल्ला स्थत सुवर्ण गाउपालिका ५, औरहियाका रिक्सा चालकलाई शमशेर मियाँलाई ठूलो बज्रपातसँग कसरी भिडने भन्ने कुरा सिकाउँदैछ ।
एकोहोरो आफ्नो जिवीकोपार्जनका लागि बिहान ५ बजे रिक्सा लिएर अधिक मानव चाप हुने गरेको वीरगंजतर्फ जाने र साझ ५ बजे भन्दा अगावै घर फर्किने उनको दैनिकी अहिले पनि उस्तै छ । फरक यति हो पहिले उनी र रिक्सा हुन्थ्ये र चिन्ता समेत घुम्छ ।
“के थाहा ? प्रहरी अहिवपुजन यादव फेला परेको खबर लिएर घरमा आयो होला कि ? वडाध्यक्ष नजिकका मानिसहरु घरमा फेरि दबाव दिन पसे कि ? रिक्सा चलाइरहँदा उनको मनमा यस्तै कुरा चलिहन्छ ।
आफ्नी छोरीलाई गरिएको जबरजस्ती करणीका मुख्य अभियुक्त शिवपुजन यादवलाई बचाउन वडाध्यक्ष नजिकका मानिसहरुले किन दबाव दिइएका छन् ? यो प्रश्नले उनलाई घरी घरी चिथोरि रहन्छ ।
घटनापछि अभियुक्त यादव फरार रहे पनि विभिन्न बहानामा उनका समर्थकले मिल्नका लागि प्रलोभवन र धम्की दिन बेला(कुबेला घरमा आउन छोडेका छैनन् ।
प्रदेश २ को बारा जिल्ला सुवर्ण गाउँपालिका वडा नं.५ को यो घट्नाको सुरुवात असोज १ गते राती ८ बजे भएको हो । भाइलार्इ खाना खान बोलाउन घरबाट गोठमा जाँदै गरेकी एक १२ वर्षिय बालिकालाई शिवपुजन यादवले जबरजस्ती समाते र नजिकैका आफन्त लालबाबु कहाँ पुर्रयाए । त्यहाँ ति बालिकाको मुखमा उनैले लगाएको सल कोचियो र
जबरजस्ती गरियो । टोलमा त्यतिबेलासम्ममा निकै हल्ला खल्ला मच्चिसकेको थियो । मुख थुनिएको सल फुत्किएपछि पीडित बालिका चिच्याइन् । यसैबीच अर्को छिमेकी कृष्ण यादव घटनास्थल पुगे र शिवपुजनलाई भाग्न लगाउँदै पिडीत बालिका कुटपिट गरे ।
ूघट्ना बाहिरिए सङ्गै वडाध्यक्ष रामएकबाल साह कलवारले पीडितलाई सहयोग गर्नुको सट्टा आफुहरुलाइ बेलाकुबेला मान्छे पठाइ मारपिट गर्न खोज्ने तथा मिलोमतोमा नगए ज्यान मार्ने समेत धम्की दिने गरेकोू र्पीेडितका बाबु मियाँ बताउनुहुन्छ ।
यस विषयमा घामछायाँ डट कमले वडाध्यक्ष साहलाइ सम्पर्क गर्न दुई दिनसम्म प्रयास गरे पनि सफल हुन सकेन ।
घट्नामा पीडित परिवारलाइ सहयोग गर्दै आएका स्थानीय युवक विनोद यादवले पनि, घरबाट निस्किदा वडाध्यक्ष सहितका व्यक्तिहरुले गाली गर्ने र होच्याउदै अपशब्द बोल्ने गरेको बताउनु हुन्छ ,
ीडितपक्ष घट्नाको भोलिपल्टै सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव कहाँ पुग्दा सहयोग गर्ने आश्वासन दिनुभएको पीडित पक्ष बताउँछ । तर घट्नाको दोश्रो हप्ता बित्नलाग्दा पनि अध्यक्ष सम्पर्क मा नआएकाू उहाँले बताउनु भएको छ ।
गाउँपालिका अध्यक्ष नआए पनि वडा अध्यक्ष शाह राती राती घरमा आएर पैसा लिएर मिलोमतो गर्न दबाव दिइहेका छन् । हामिलाई पैसा होइन न्याय चाहिएको छ , पिडित बालिकाकी आमाले बताउनु भयो।
यसै घट्ना बारे बुझ्न गएकी महिला पत्रकार विमला गुप्ताले आफूलाई बलात्कारको घट्ना संचार माध्यममा ल्याएर गाउँलाइ बदनाम नगराउन भन्दै स्थानीय केही युवाहरुले धमक्याएको बताउनुभयो ।
यसबारे सम्पर्क राख्दा बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्र पिडित बालिकाको स्वास्थ्य परिक्षण गरेर ३ गते नै मुद्धा दर्ता नं। ३८ मा जबर्जस्ति करणी अपराध मुद्धा दर्ता गरिसकेको र अपराधिको खोजी कार्य भइरहेकोू बताउनु भएको छ ।अपराधी भारत प्रवेश गरेको आशंका ब्यक्त गर्दै छिटै सम्पर्कमा ल्याउने प्रयास तिब्र गतिमा भइरहेको बताउनुभएको छ ।
यता पिडित बालिकाको घर परिवारलाइ दैनिकी चलाउन धौ धौ परिरहेको स्थानियहरुले बताएका छन ।
प्रतिक्रिया