काठमाडौं ः नेपालमा गत २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज १ हजर ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार हाल देशभर २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण थपिएका छन् । साथै थप ७ जनाको मृत्य ।
प्रतिक्रिया