काठमाडौं । कोरोना कहरका कारण लकडाउन भएको बेला सुनसान जगडोल, कपन तारेभिर जस्ता आन्तरिक पर्यटनस्थलमा फेरि चहलपहल सुरु हुन थालेको छ । लामो समय घरभित्र बस्न बाध्य चावहिल बौद्ध जोरपाटी र आसपासका क्षेत्रका मानिस ताजा अनुभूुति लिन त्यतै तिर आकर्षित भएका छन् । मुख्यगरी शनिबारका दिन निकै भिड हुने गरेको छ ।
“अहिले पनि कामकाज खासै नभएको र तारेभिर नजिक रहेको कारण साथी भाइहरुसँग मनोरन्जनको लागि यहाँ आएकी हुँ” माकलबारीवासी विना तामाङले बताउनु भयो । अर्को पटक पनि तारेभिर आउन मन रहेको समेत बताउँदै उहाँले आफ्न स्कूले साथीहरु सँग सुख्खा पिकन्किको लागि पनि योजना बनाइरहको पनि उहाँले बताउनुभयो । यसअघि पनि लकडाउनको समयमा स्कूल साथीहरुसँग तारेभिरकै पैदल यात्रा गर्नुभएको थियो ।
“मलाई तारेभिर अति नै रमाइलो लाग्छ त्यसैले पटक पटक जानका लागि उत्साहित छु । किनकी यहाँको वातावरण निकै शान्त छ । अहिले यो महामारीको समयमा यो ठाउँ एउटा राम्रो पर्यटन गन्तव्य बन्दै गएको जस्तो महसुस गरेकी छु ।” सरकारले र यहाँका स्थानीयले तारेभिरको वातावरण व्यवस्थापन बारे पनि ध्यान दिनु पनि उहाँले बताउनुभयो ।
जोरपाटीस्थित मेडिकल कलेज नजिक बस्दै आएकी तेन्जिगं डोमा शेर्पा पनि तारेभिरमा ताजापन खोज्न पुग्नुभएको थियो । आफनो कलेज साथीहरुसँग तारेभिर सुख्खा पिकनिक मनाउँदै रहेकी उहाँले घामछायाँ डटकम सँग
भन्नुभयो, ‘लामो समयदेखि घरभित्र बस्न बाध्य भएका हामी लकडाउन खुकुलो भएपछि नजिकको तारेभिर आयौं’ ।
वरपरका मानिस ताजा पन र खुल्ला स्थल खोज्दै तारेभिर आउँदै गर्दा यहाँको भिड पनि बढदै गएको छ । आउनेहरुले भौतिक दूरी कायम गर्ने तिर ध्यान नदिएको समेत देखिन्छ । यसले संक्रमण बढाउने डर उत्तिकै छ ।
बौद्ध निवासी छिरिङ लामा लकडाउन खुकुलो भएसँगै आफूले निकै आनन्द महसुस गरेको बताउनु हुन्छ । बिहान बेलिकी म जगडोल क्षेत्रमा मनिङग वाक जाने गरेको छु, यसले मनोवल मेरो बढाउन पनि सहयोग गरेको छ ।
प्रतिक्रिया