थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण

संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ः नेपालमा गत २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज ७ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार हाल देशभर २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा ९३४ जनामा कोरोना भाइरसको संक्रमण थपिएका छन् ।

संक्रमित मध्ये २ सय १३ जना आइसियुमा र ती मध्ये  ३४ जना भेन्टीलेटरमा छन् । साथै थप १० जनाको मृत्य ।