काठमाडौंः नेपालमा गत २४ घण्टामा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज ७ सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ। यो कुल संक्रमणको ७३.१ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार हाल देशभर १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित छन्। यस्तै ६ हजार ३ सय १० जना क्वारेन्टिनमा छन्।
संक्रमित मध्ये २ सय २५ जना आइसियुमा र ती मध्ये ३१ जना भेन्टीलेटरमा छन् ।
प्रतिक्रिया